नियम १५
तारेख वा बैड्ढ जमानतमा छाड्न सक्ने
(१) राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु आवश्यक नदेखिएमा अनुसन्धान अधिकृतले त्यस्तो अभियुक्तलाई ऐन बमोजिम तारेखमा छोड्न वा निजसँग धरौटी वा जमानी माग्न वा बैड्ढ जमानत माग गर्न सक्नेछ ।
(२) अनुसन्धान अधिकृतले माग गरेको धरौटी, जमानी वा बैङ्क जमानत दाखिला गर्न नसकेमा अनुसन्धान अधिकृतले अभियुक्तलाई थुनामा राखी अनुसन्धान तथा तहकिकात गर्नु पर्नेछ ।